You are viewing the translated version of सेवा प्रदायकको दायित्व.

Section 12
सेवा प्रदायकको दायित्व
उपभोक्तालाई सेवा प्रदान गर्ने सेवा प्रदायकले कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः-
(क) विना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने,
(ख) सर्वसाधारणले स्पष्ट रूपमा बुझ्ने गरी सबैले देख्ने ठाँउमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्ने मूल्यको सूची राख्ने,
(ग) सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने,
(घ) पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने,
(ङ) उभफभोक्तालाई सेवा प्रदान गरे बापतको रकम लिएपछि त्यसको बिल वा रसीद दिने,
(च) तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने।